Logo

पम्फा भुसाल भन्छिन्, प्रदेश नम्बर २ मा सबैभन्दा धेरै सिट जित्ने प्रयास भइरहेको छ



भदौ २८, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्झा भुसालले प्रदेश नम्बर २ को चुनावमा पहिलो दल बन्ने प्रयास भइरहेको बताएकी छिन् । माओवादीको एजेण्डमा देश गइसकेको जिकिर गर्दै भुसालले मधेशको हक अधिकारको एजेण्डा पनि माओवादीकै भएकाले पहिलो दल बन्ने सम्भावना धेरै भएको भुसालको तर्क छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता भुसालले भनेकी छिन्, “मधेशवादी दल र त्यहाँका जनताले परिवर्तनको वाहक शक्तिका रुपमा माओवादीलाई स्विकार गरेका छन् ।”
चुनावी नतिजा केही समयमा लागि भए पनि दीर्घकालिन परिवर्तनको श्रेय जनताले माओवादीलाई नै दिएको उनको भनाई छ । उत्पिडित वर्ग र समुदायको नेतृत्व माओवादीले गरेको भुसालको जिकिर छ ।
मधेशी जनता माओवादीप्रति आकर्षित र केन्द्रित भएको दाबी गर्दै भुसालले पछिल्लो समय दैनिक हजारौँ मधेशी जनता माओवादीमा प्रवेश गरेको बताइन् ।
उम्मेदवारी चयनमा केही कमी कमजोरी भएको स्विकार गर्दै प्रवक्ता भुसालले उम्मेदवार बन्न चाहनेको संख्या धेरै भएकाले सबैलाई मिलाउने प्रयास गरेको बताइन् ।
नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने प्रयास सोचे अनुसार नभए पनि भएका ठाउँमा तालमेल अनुसारकै नतिजा आउने भुसालको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्