Logo

नयाँ नोट साँट्न सहज, भीड पहिलाजस्तो छैन् (फोटोफिचर)



काठमाडौं, २८ भदौ । आजबाट नेपाल राष्ट्र बैंकले यसपालीको भिड अघिल्ला बर्षहरुभन्दा अत्याधिक कम देखिन्छ। पोहोर विभागको मेन गेट देखीनै पैसा सटही गर्नेको लाइन देख्न सकिन्थ्यो।

टोकन लिनको लागि मात्र पनि २÷३ घण्टा लाइन बस्नुपथ्र्यो र बिहान ५ बजे देखीनै पैसा साट्नेको लाइन सुरु हुन्थ्यो तर यसपाली जाने बित्तिकै टोकन पाउन सकिन्छ र नोट साट्ने ठाँउभन्दा केहि वर देखीमात्र भिड सुरु हुन्छ। पैसा साट्नको लागि जेष्ठ नागरिक र संस्थाले भने त्यो लाइन पनि बस्नु पर्दैन। सर्वसाधरणको लागि बनाएको डोरीको बार पनि आदा खाली नै छ।

पोहोर साल यही स्थानमा सर्वसाधरण हातमा पानिको बोत्तल बोकेर चाउचाउ बिस्कुट खाएर भोक मेटाउदै लाइन बसेको देख्न सकिन्थ्यो।

यसपाली भिड कम भएपछी सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलेपनि केही सहजता महसुस गरेका छन्। यसपाली नेपाल राष्ट्र बैंक, कृषि बिकास बैंक र नेपाल बैंक लिमिटेड गरी १६ स्थान बाट पैसा सटही भइरहेको छ। त्यस्तै कृषि बिकास बैंक र नेपाल बैंक लिमिटेडले पैसा साटेको छ की छैन भनेर राष्ट्र बैंकले अनुगमन समेत गरेको एक जना कर्मचारीले जानकारी दिए। यो पटक एक जनाले २७ हजार सटही गर्न पाउनेछन्।

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्