Logo

आज राष्ट्रिय बाल दिवस देशभर मनाईदैं (फोटोफिचर)



काठमाडौं, भदौ २९ । आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने सन्देशका साथ मनाउन लागिएको दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस–२०७४ का अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री कोइरालाले ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा छलफल अगाडि बढाइएको र त्यसलाई छिट्टै संसद्मा पठाइने जानकारी दिनुभयो ।

मन्त्री कोइरालाले बाल विवाहलगायत बालबालिकामाथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषद्मा सुधार गर्न नयाँ ऐन ल्याउन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला बालकल्याण समितिमा कार्यरत केबी राना मगर ९बाग्लुङ०, कैलाश ठाकुृर ९नवलपरासी०, मेघराज भट्ट ९प्यूठान०, रामनाथ भट्टराई ९तनहुँ०, पार्वती अधिकारी ९धादिङ०, बद्रीप्रसाद लम्साल ९मकवानपुर०, रामप्रसाद सुवेदी ९कञ्चनपुर०, लालबहादुर ओली ९बाजुरा०, प्रकाश अधिकारी ९इलाम०, लुमनाथ लामिछाने ९गोरखा०, भोलानाथ योगी ९दाङ०, रामबहादुर हायु ९सिन्धुली० र शेरसिंह खड्का ९कैलाली०लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।हरेक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार, काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।

जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ । तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्