Logo

‘पत्रकार धमलासँग सेल्फी खिच्नेको ठूलो भीड’



पर्सा, ३० भदौ । पर्साको चर्चित पोखरिया नगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच निकै ठूलो घम्साघुम्सी परेको छ ।

 

शुक्रबार रिपोर्टर्स क्लब नेपल पर्सा शाखाले आयोजना गरेको चुनावी साक्षात्कारमा सहभागी भएका विभिन्न पार्टीका मेयरका उम्मेद्धवाहरुवीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप भएको थियो ।

क्लबका शाखा अध्यक्ष कनैयालाल गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै कांग्रेसका मेयरका उम्मेद्धवार रामेश्वर रौनियारले आफू विजयी भए उक्त नगरलाई समृद्ध बनाउने विश्वास दिलाए ।

त्यस्तै उनले स्मार्ट सिटीको रुपमा समेत उक्त नगरलाई अघ बढाउने आफ्नो योजना सुनाए । रौनियारले थपे,‘पोखरीयालाई स्मार्ट सिटीको रुपमा विकसित गर्नुपर्छ, भौतिक पूर्वाधारको विकासदेखि लिएर विभिन्न कलकारखानाहरुको समेत विकास गर्नु आजको आवश्यकत्ता हो, म त्यही अनुसार काम गर्नेछु’

त्यस्तै उनले वृदा भक्ता पाएका सबै नागरिकहरु आफूहरुका आमाबुवा भएको बताउँदै भने,‘हिजोको दिनमा कांग्र्ेसले सानो बजेटबाट बृद्ध भक्ता सुरु गरेको हो । बृद्धहरुको लागि हामी नगरपालिकाको थप बजेट दिन्छौं, बाटोघाटो, विजुली बत्ती, कृषिमा सिचाईको व्यवस्था, विउ विजनको व्यवस्था, जनता मेरो उम्मेद्धवारीबाट उत्साहित छन् । पार्टीले मलाई पूर्ण रुपमा विश्वास लिएको छ।’

एमालेका मेयरका उम्मेद्धवार वृजेश चौहानले आफ्नो पार्टीले संशोधन प्रस्तावको पक्षमा भोट नगरेर ठिक गरेको स्पष्ट पारे । उनले भने,‘अब संविधान संशोधनको लफडामा कोही पनि पर्नुहुन्न, मुलुकलाई अब विकास चाहिएको छ, एमालेको एकमात्रै चाहना भनेको विकास र समृद्धि हो।’

उनले पोखरीया नगरपालिकामा अहिलेसम्म कुनै विकासका कार्यक्रमहरु नआएका र नभएको बताउँदै थपे,‘अहिलेसम्म नभएका विकासका कामहरु म अब गर्छु, गरिब जनताहरुलाई व्यवस्था गर्छु।’

त्यस्तै संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेद्धवार प्रधुम्न चौहानले पनि अहिले आफूहरुलाई अधिकार र पहिचान चाहिएको बताए । चौहानले थपे,‘ीवकास विकास, विकास, यहाँ कहाँबाट आउँछ, विकासको कुरा गरेर अहिले केही हुनेवाला छैन, मधेशको हकहित र अधिकार हुनुपर्छ । हामीलाई अधिकार चाहिन्छ ।’

उनले उम्मेवद्धवारीको प्रमुख कारण भनेको नै यहाँको विकास र समृद्धिको लागि रहेको स्पष्ट पारे ।

त्यस्तै राजपाबाट मेयरका उम्मेद्धवार रहेका निजामुद्धिन समानीले आफूहरुको प्रतिष्पर्धा भनेको नै पहिलो पहिचानको लागि लडाई भएको स्पष्ट पारे ।
यद्धपी उनले आफ्नो पार्टीले पहिलो कडीको चुनाव भएकोले यसलाई आन्दोलनको रुपमै सही सुदपयोग गरेको जिकिर गरे । उनले भने,‘हामीले चुनावलाई सही सदुपयोग गरिरहेका छौं, हामीले जिते यहाँको सही विकास गर्ने म व्यक्तिगत रुपमा प्रण गर्दछु।’

साक्षात्कारमा सयौंको संख्यामा उपस्थित् रहेका युवाहरुले मेयरका उम्मेद्धवारहरुलाई प्रश्न गरेका थिए । उनीहरुले राखेको प्रश्नमा युवाहरुलाई कसरी उकास्ने र यहाँको खेलकुद क्षेत्रको विकासको लागि तपाईहरुको योजना के छ भनेर सोधेका थिए ।

केही युवाहरुले विकासको कुरा सुरुदेखि गरिए पनि एमाले, कांग्रेस, माअ‍ोवादी कुनै पनि पार्टीले अहिलेसम्म केही नगरेको आरोप लगाएका थिए । एक युवा भन्दै थिए,‘तर अहिलेसम्म विकासको नाममा केही भएको छैन।’

धमलासँग सेल्फी खिच्नेहरुको ठूलो भीड

त्यस्तै कार्यक्रममा क्लबका केन्द्रिय सभापति ऋषि धमलालाई हेर्ने र उनीसँग सेल्फी खिच्नेहरुको ठूलो भीड लागेको थियो । जनताले खुशी हुँदै भने,‘ऋषिजी तपाई पनि बेलाबेलामा यहाँ आउनुहोस, हामी तपाईसँग एकाकार भएर जनताका जायज माँगहरुलाई राष्ट्रिय बहसको रुपमा चलाईदिनुपर्यो।’

केही युवा भने धमलासँग वान टु वान सेल्फी खिच्नको लागि व्यस्त देखिन्थे । मधेशमा धमलालाई जनताले निकै सम्मान र माया गरेको देखेर जिल्लाका एक स्थानीय पत्रकार भन्दै थिए,‘यहाँ नेताहरुको भन्दा धमलाजीको ठूलो ईज्जत छ, उहाँलाई हेर्नको लागि भनेरमात्रै सयौंको संख्यामा युवाहरु ऋाउनुभएको पाईयो, यो उहाँप्रतिको ठूलो सम्मान पनि हो।’

हुन पनि धमला पर्साको औद्योगिक नगरी वीरगन्जबाट झण्डै २० किलोमिटरभित्र पोखरीया नगरपालिकामा चुनावी बसह चलाउन पुगेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot