Logo

अमेरिकाद्धारा नेपाललाई दुईदेशीय कुटनीतिक सम्बन्ध स्थापनायताकै सबैभन्दा ठूलो परिमाणको सहयोग



भदौ ३०, काठमाण्डौ । अमेरिकाले नेपाललाई दुईदेशीय कुटनीतिक सम्बन्ध स्थापनायताकै सबैभन्दा ठूलो परिमाणको सहयोग उपलब्ध गराउने भएको छ । अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकीउपविदेशमन्त्रीजोन सुलिभानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँउपलब्ध गराउनेछ । सहयोगको सदुपयोग भएमा नेपालको पूर्वाधार विकासमाकोसेढुंगा सावितहुने विश्वास लिइएको छ ।
अमेरिकाले नेपाललाई प्रदानगर्ने ५० अर्ब रुपैयाँसहयोगसम्बन्धी सम्झौतामाद्विपक्षीय सम्झौताभएको छ ।

बिहीबार रातिवासिंगटन डिसीमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकीउपविदेशमन्त्रीजोन सुलिभानले सम्झौतापत्रमाहस्ताक्षर गर्नुभएको हो । अमेरिकी सरकारको मिलेनियमच्यालेन्जकोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागिपाएको हो। सम्झौताअनुसार उक्त रकममा नेपालले १ अर्ब ३० करोड अमेरिकी डलर थपगर्नेछ। नेपालको रकमसहित संयुक्तकोषमा ६३० मिलयिन अमेरिकी डलर हुनेछ। विद्युत र सडक सञ्जालविस्तारले नेपाललाई क्षेत्रीय राष्ट्रहरुसँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यो सहयोगबाट दुई परियोजना सञ्चालनहुनेछन्। इलेक्ट्रिीसिटी ट्रान्समिसन परियोजनाले ३०० किलोमिटर लामो हाइभोल्टेज ट्रान्समिसन लाइननिर्माण गर्नेछ। यसले नेपालको एक तिहाई भूभागमाविद्युत् आपूर्तिकालागिबलियो संरचना स्थापनागर्नेछ। दोस्रो चरणमा यहीआयोजनाले क्रस बोर्डर ट्रान्समिसन लाईन विस्तार गरी भारतसँगको विद्युत् व्यापारको बलियो आधार खडा गर्नेछ। दोस्रो आयोजना सडकसम्बन्धी रहेको छ। नयाँ सडकहरु निर्माण गर्दै पुराना सडकहरुको स्तरउन्नतिगर्नेछ।
लामो समयदेखि नेपालको राजनीतिक र आर्थिक अवस्थाअध्ययनगरिरहेको एमसीसीले आफ्नो सहयोग नेपालको राजनीतिक स्थायित्व र विकासकालागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। यो परियोजनाकार्यान्वयनकालागिएमसीसीको एउटा टोली छिटै नेपालजाने तयारीमा छ। सो टोलीले नेपालगएर परियोजना सम्झौताहरुमा हस्ताक्षर गर्नेछ।
मिलेनियमच्यालेन्जकोअपरेसन अमेरिकी सरकारको एउटा स्वतन्त्रनिकायहो। सन् २००४ मा स्थापनाभएको यो निकायले आर्थिक वृद्धिमा सहयोग गर्दै गरिबी घटाउन कामगर्ने गर्छ।अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयीभएयताएमसीसीले दक्षिण एशियाली राष्ट्रलाई सहयोग उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको यो पहिलो निर्णय हो।प्रधानमन्त्रीशेरबहादुर देउवाले एमसीसीलगानीकाआयोजनापाँचवर्षमा पूरा गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकीपक्ष सहयोगकालागितयार भएको हो । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाभएयताकै यो सबैभन्दा ठूलो र सबैभन्दाठूलो सहयोगको सम्झौताहो ।।



प्रतिक्रिया दिनुहोस्