Logo

प्रधान सेनापतिद्वारा अन्तर्राष्ट्रियस्तरको खेल मैदानको समुद्घाटन (फोटोफिचर)



‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता—२०७४’ समापन

काठमाडौं, ३० भदौ । प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्याराफिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको समुद्घाटन गर्नु भएको छ ।

उक्त खेल मैदानको खेल्ने भाग ९उबिथष्लन बचभब० १०५ मिटर÷६८ मिटर रहेको छ । ल्बतगचब िनचबकक उष्तअज भएको उक्त मैदानमा कगद(कगचाबअभ मचबष्लबनभ, कउचष्लपभिच ष्चचष्नबतष्यल कथकतझ रहेको छ । इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको ४०० मिटर कतबलमबचम ८ लेन भएको एथलेटिक्स ट्रयाकमा १०० मिटर दौड र ११० मिटर हडल्सको लागि थप २ लेन रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल, एथलेटिक्स, हाईजम्प, पोलभर्ट, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिन थ्रो, सटपुट, डिसकस थ्रो, ह्यामर थ्रोको अतिरक्ति स्टिपलचेस (कतभभउभिअजबकभ० लगायतका खेलहरु उक्त खेल मैदानमा सञ्चालन गर्न सकिने छ । २०७३ साल मंसिर ८ गते शिलान्यास भएको उक्त खेल मैदान करिब १० महिनाको अवधीमा सम्पन्न भएको हो ।

सोही पुनर्निर्मित खेल मैदानमा आज ‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७४’ कोे एक विशेष समारोहका बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समापन गर्नुभएको छ ।
उक्त कार्यक्रम समापनको अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले ‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७४’ मा समग्रमा प्रथम बन्न सफल श्री नं.१६ बाहिनी अड्डा तथा संयुक्तरुपमा द्वितीय भएका श्री उपत्यका पृतना हे.क्वा. र श्री मध्य पृतना हे.क्वा.लाई नगद तथा ट्रफि प्रदान गर्नुभएको छ । सोही अवसरमा वहाँले आजको समापन समारोहमा आयोजित प्रधान सेनापति ट्रफि पृतना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री पश्चिम पृतना हे.क्वा.को प्रशिक्षक तथा खेलाडीहरुलाई ट्रफि, नगद, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो भने, गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री पुरानो गोरख गण र श्री राजदल गणलाई ट्रफि तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनासँग विगत लामो समयदेखि आवद्ध भई विभिन्न खेलहरुमा प्रशिक्षकको कुशल भूमिका निर्वाह गर्दै उत्कृष्ट खेलाडीहरु उत्पादनमा अहोरात्र खट्टिनु भएका कबड्डी, सुटिङ तथा ह्याण्डबलका प्रशिक्षक ३ जनालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेपाली सेनाका अवकाश प्राप्त खेलाडी १० जनालाई सम्मान प्रदान गर्नु भएको थियो ।

पुरस्कार वितरणकै क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले ४२ कि.मि.म्याराथन र १० कि.मि. दौडमा प्रथम भएका दुई धावक क्रमशः अम.कृष्ण बस्नेत र प्युठ लाल बहादुर थापालाई ‘नीर शम्शेर ज.ब.रा. पुरस्कार’ बाट सम्मान गर्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्न सफल पुरुषतर्फ धावक अम. सोम बहादुर कुमाल र महिलातर्फ तेक्वान्दो खेलाडी ब.का.सि.ज्ञानी चुनारालाई ‘अजेयबल ट्रफि’ प्रदान गर्नुभएको छ ।

प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७४’ कोे पुरस्कार वितरणकै क्रममा पृतना रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने टिमका खेलाडीलगायत उक्त फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई बलाधिकृत रथी श्री बलदेव राज महतले नगद, मेडल र प्रमाण पत्र वितरण गर्नुभएको थियो । त्यसैगरि, पृतना रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने टिमका खेलाडी तथा प्रशिक्षकहरु लगायत एथलेटिक्स तथा साईक्लिङ्ग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नयाँ आर्मी रेकर्ड राख्न सफल १२ जना खेलाडीहरुलाई बलाध्यक्ष रथी श्री पूर्ण चन्द्र थापाले नगद, मेडल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७४ को समापन कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री देव कुमार सुवेदीले समापन मन्तव्य व्यक्त गर्नु हुँदै उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित गराउन महत्वपूर्ण बन्दै आएको प्रधान सेनापति खेलकुद प्रतियोगिताले भविश्यमा समेत थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, रक्षा मन्त्रालयका पदाधिकारीहरु नेपाली सेनाका रथीबृन्द, नेपालस्थित विदेशी कूटनीतिक नियोगका सैनिक सहचारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरु, सञ्चारकर्मीहरु लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो । उक्त खेलकुद प्रतियोगिता मिति २०७४ भाद्र २ गतेबाट सञ्चालन भएको हो ।

नेपाली सेनाले ‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद’ भन्ने भनाईलाई आत्मसाथ गर्दै उत्कृष्ट खेल प्रतिभाहरु उत्पादन गर्ने अभिप्रायले विभिन्न स्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्नुको साथै अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको तर्फबाट खेलाडीहरु सहभागी गराई सफलता हासिल गर्दै आएको छ । यसैगरी, यस किसिमका प्रतियोगिताहरुद्वारा नेपाली सेनाको जवानहरुमा शारीरिक सुगठन, अनुशासन एवं चारित्रिक विकासमा समेत उल्लेख्य योगदान पु¥याउने विश्वास नेपाली सेनाले लिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्