Logo

औषधिको गुणस्तरबारे जनतालाई सचेत बनाऔँ : स्वास्थ्यमन्त्री पोखरेल



काठमाडौँ, ३० भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले उपभोक्तालाई औषधिको गुणस्तर र सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने बताउनुभएको छ ।

औषधि व्यवस्था विभागको समीक्षा गोष्ठीमा आज स्वास्थ्यमन्त्री पोखरेलले औषधि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गुणस्तरमा सचेत बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा अझै पनि अधिकांश उपभोक्ताले औधषिको म्यादसमेत हेर्न नजान्दा जोखिममा पर्ने गरेका छन्, त्यसतर्फ विभागले ध्यान दिन सक्नुपर्नेपर्छ ।” मन्त्री पोखरेलले औषधि व्यवस्था विभाग केन्द्रीयस्तरबाट देशभर प्रभावकारीरुपमा काम गर्न नसक्ने भन्दै संघीय संरचनाअनुसार सातवटै प्रदेशमा विभागलाई विस्तार गरेर प्रभावकारीरुपबाट अघि बढाइने बताउनुभयो ।

औषधि ऐनलाई अघि बढाउने जानकारी दिँदै उहाँले नेपाली औषधि उत्पादकलाई प्रोत्साहन गर्नेगरी आउने दाबी गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा विनोदमान श्रेष्ठले नक्कली औषधि बजारमा आएको भन्ने समाचार आइरहेको भन्दै त्यसमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्