Logo

निर्वाचन आयोगले जे बोल्छ, त्यो गर्न सक्दैन भनेर दल र सरकारले टेर्न छाडेका छन् : पूर्वनिर्वाचन आयुक्त गुरुङ



भदौ ३१, काठमाण्डौ । पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रदेश नम्बर २ को चुनावमा राजनीतिक सहमति बनेकाले दलहरुको सहभागिता बढ्नु सुखद पक्ष भएको बताएका छन् ।
नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गुरुङले यसपटकको निर्वाचनका लागि राम्रो वातावरण बनेको टिप्पणी समेत गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीरु चुनावस्थलमा नै खटिएर निर्वाचनको तयारी गरिरहेकोले चुनाव सहज रुपमा सम्पन्न हुने आँकलन गुरुङले गरेका छन् ।
यसअघि भएको २ चरणको निर्वाचनभन्दा तेस्रो चरणको निर्वाचनको व्यवस्थापकीय पक्ष चुस्त देखिएको गुरुङले बताए । तर मौन अवधिमा सबै उम्मेदवार, मतदाता र नेता तथा कार्यकर्ताले सिमाभित्र रहनुपर्नेमा गुरुङले जोड दएका छन् ।
सरकार र राजनीतिक दलले निर्वाचन अयोगलाई कमजोर ठान्ने गरेको आरोप गुरुङले लगाएका छन् । “निर्वाचन आयोगले विभिन्न प्रयास गरेको छ । तर परिणाममुखी हुन सकेको छैन । निर्वाचन आयोगले जे बोल्छ, त्यो गर्न सक्दैन भन्ने दल र सरकारले ठानेर टेर्न छाडेका छन् ।”
निर्वाचन आयोग संवैधाननिक आयोग भएकाले दल र सरकारसँग नडराई निमय पालना गराउनतिर लाग्नुपर्ने सुझाब गुरुङले दिएका छन् ।

निर्वाचन आयोगले भनेका कुरा सरकार, मन्त्री, दललगायत सबै पक्षले अनिवार्य रुपमा पालना गर्नुपर्नेमा गुरुङले जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्