Logo

जडिबुटी व्यवसायी संघद्धारा पत्रकार धमला अभिनन्दित



काठमाडौं, ३१ भदौ । जडिबुटी व्यवसायी संघ नेपालले रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलालाई अभिनन्दन गरेको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच संघले पत्रकार धमलालाई अभिनन्दन गरेको हो । राजधानीमा आयोजित ‘नेपालमा जुडिबुटी व्यवसायको संभाव्यता र चूनौति विषयक विचार गोष्ठी कार्यक्रममा नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पत्रकार धमलालाई सम्मान गरेका हुन् ।

नेपालको जडिबुटी व्यवसायको बारेमा विभिन्न सञ्चारमाध्यायममार्फत बहस र अन्तरक्रिया चलाएको र नेपालका जडिबुटीहरुलाई अन्र्तराष्ट्रिय बजारमा पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकार धमलालाई संघले सम्मान गरेको हो ।

अभिनन्दित भएपछि पत्रकार धमलाले आगामी दिनमा आफूले निरन्तर रुपमा जडिबुटी क्षेत्रका समस्याहरुको बारेमा बहस चलाउने र सम्बन्धित निकायलाई झकझकाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मन्त्री बस्नेतले पनि नेपालका जडिबुटीहरुलाई अन्र्तराष्ट्रिय बजारमा पुर्याउनको लागि सरकारले भरमग्दुर प्रयास गर्ने वचन दिए ।



प्रतिक्रिया दिनुहोस्