Logo

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको– अध्यक्ष केपी ओली



विराटनगर, ३१ भदौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन्।

विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए।

उनले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गरे। नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् र भ्रष्टाचार भएको छ भने मतियार पनि नहुने स्पष्ट पारे।

उनी सुनसरीको दुहवीमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आएका हुन्।



प्रतिक्रिया दिनुहोस्