Logo

हलेसी तुवाचुङ नपाको बजेट रु ४१ करोड



खोटाङ, ३१ भदौ । हलेसी तुवाचुङ नगरपालिकाले रु ४१ करोडभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

होटल हलेसी भिलेजमा आज आयोजित प्रथम नगरसभाले रु ४१ करोड २९ लाख ४८ हजार ११० बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थान रहेको नगरपालिकाका प्रमुख इवन राईले पेश गर्नुभएको अनुदानतर्फ रु २३ करोड ३५ लाख ३९ हजार र नेपाल सरकारको
सशर्त अनुदानतर्फ रु १५ करोड ३६ लाख ४० हजार बजेट नगरसभाले पारित गरेको कार्यकारी अधिकृत अनिल किरातीले जानकारी दिनुभयो ।

अनुदानतर्फको ७५ प्रतिशत रकम अर्थात रु १७ करोड ५१ लाख ५४ हजार २५० पुँजीगततर्फ तथा निशर्ततर्फको २५ प्रतिशत अर्थात रु पाँच करोड ८३ लाख ८४ हजार ७५० बजेट चालु आवका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

बजेटमध्ये शिक्षा शाखाका लागि रु १३ करोड ६३ लाख दुई हजार, जनस्वास्थ्य सेवा शाखाका लागि रु एक करोड २४ लाख ५ हजार, आयुर्वेद स्वास्थ्य शाखाका लागि रु १८ लाख ५४ हजार, कृषि विभागतर्फ रु १६ लाख र पशुसेवा विभागतर्फ रु १४ लाख ७९ हजार विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्