Logo

जडीबुटीको व्यावसायिक उत्पादनको खाँचोः मन्त्री बस्नेत



काठमाडौँ, ३१ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा व्यवस्थित तरिकाबाट जडीबुटीको उत्पादन गरी विदेश निर्यात गर्न सकेमा व्यपार घाटा न्यूनीकरण गर्न सकिने बताउनु भएको छ ।

जडीबुटी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘नेपालमा जुडिबुटी व्यवसायको सम्भाव्यता र चुनौति विषयक’ छलफल कार्यक्रममा उहाँले जैविक विविधताले भरिएको हाम्रो मुलुकमा जडीबुटीको व्यावसायिक उत्पादनको खाँचो औँल्याउनुभयो ।

मन्त्री बस्नेतले नेपालका जडीबुटीलाई अन्र्तराष्ट्रिय बजारमा पु¥याउका लागि सरकारले सक्दो सहयोग गर्न प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले वार्षिक करिब रु नौ खर्बको व्यापार घाटा रहेको बताउँदै नेपाली जडीबुटीलाई राम्रो प्रचार गरी विश्व बजारमा प्रवद्र्धन गर्न सकेमा देशमा रोजगारी र आर्थिक गतिविधि बढने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जडीबुटी व्यवसायको प्रवद्र्धनमा योगदान पु¥याएबापत पत्रकार धमलालाई संघले अभिनन्दन गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्