Logo

मौन अवधिमा मैले मत माँग्यो भनेर गलत प्रचार गरियो : मन्त्री यादव



कृषिमन्त्री रामकृष्ण यादवले निर्वाचन मौन अवधिको समयमा मत माँगेको भनेर आफ्नोबारे गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू मौन अवधिको समयमा घरमै आराम गरेर बसेको स्प्ष्ट पारेका छन् । उनले भने,‘मेरो बारेमा जे कुरा बाहिर आएका छन्, तर यी सबै गलत हुन्, मेरो मतदाता परिचयपत्र लिनको लागिमात्रै गएको थिएँ।’ यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मन्त्री यादवसँग गरेको कुराकानीको सम्पादित अंश ः

भोलि निर्वाचन हुने दिन आज तपाई कता हुनुहुन्छ ?

म धनुषा जिल्लामा छु । आफ्नै निवासमा छु ।

तपाई हिजो राति मतदाताको घरमा जानुभयो अरे नि ?

गलत प्रचार गरिएको हो । मेरो मतदाता परिचयपत्र लिनको लागि गएको थिएँ । हिजो र अस्तिमात्र मतदाता परिचयपत्र बाँडिएको थियो ।

जनतासँग मत पनि माग्नुभयो अरे ?

मत मागेको पनि छैन् । यो सब गलत प्रचार हो । आफ्न्तले बोलाएको ठाउँमा पनि जान नमिल्ने कहि छ र ?

जनकपुरका केही व्यक्तिहरुले कृषिमन्त्रीले हिजो राति भोट माग्नुभयो भनेर भन्छन् ?

ल्किुल होईन । म आफन्तकहाँ गएको थिएँ । आफ्न्तले बोलाएको ठाउँमा त जान मिल्छ नि । निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना मैले गरेको छु ।
यहाँका जनता उल्लासमय वातावरणका साथ निर्वाचनमा भाग लिनको लागि तयार छन् । यहाँ कसैले गलत प्रचार गरिरहेको छ । मैले कोहीसँग पनि भोट मागेको छैन् । भोट मागेर आउने कुरा होईन जनताले जसलाई मन पराउँछन उसैलाई दिन्छन् । त्यसैमाथि म कतै भोट मागेर हिँडेको छैन्।

कृषिमा प्रयोग गरिने साम्रगीहरुमाथि कर लगाउने भन्नुभयो रे नि हो ?

किसानमा प्रयोग गर्ने सामाग्रीमाथि कुनै कर लगाएको छैन् । यहाँ जनताहरु कृषिमा निर्भर छन् । ट्याक्टर लगायतका केही सामग्रीहरुमा कर लगायो भन्ने गलत प्रचार गरिएको छ ।

रुपेन्देहीका कृषक बालकृष्ण भुसालले कृषिमा प्रयोग गरिने ट्याक्टरमा कर नलाउँदा हुने थियो भनेर भन्नुभएको छ ?

होईन अहिले त्यस्तो मर्का पर्नेगरि कुन कर लगाईएको छैन् । कृषिमन्त्रालयको तर्फबाट त्यस्तो काम भएको छैन् । मेरो कार्यकाल देखि भएको छैन ।

अब तपाई कर लगाउनु हुँदैन ?

मेरो कार्यकालमा यस्तो कुनै प्रकारको कृषक दाजुभाई दिदीबहिनीलाई मर्कापर्ने गरि कम गलाउने काम हुँदैन।

मतादातालाई प्रभावित पार्ने खालको काम त गर्नु हुन्न नि ?

मेरो जीवनमा चुनाव जित्नकै लागि यस्तो काम कहिल्यै भएन । संविधान सभा पहिलो र दोस्रो निर्वाचनमा प्रत्यक्ष संलग्न छु । आजका दिनसम्म पनि भोलिको निर्वाचनमा जनताले रुचाएको र काम खगर्न सक्ने व्यक्तिलाई चुन्ने छन् ।

काँग्रेसलाई जिताउनको लागि मनी मसाज प्रयोग गर्नु हुँदैन नि ?

कदापि गरिदैन । व्यक्तिगत भन्दापनि जनताले साथ दिने कुरा हो । राजनीतिक स्थितिरताको लागि मधेशको हितको नाममा कसले के गरेको छ भन्ने कुरा थाह । मेधेका मागहरु सम्बोधनका लागि कुन राजनीतिक दलले के गरेको छ भन्ने कुरा सबैलाई थाह छ ।

तराई, मधेशमा एउटा संस्कृति छ। आफ्नो छोरीको विहेगर्दा पनि खानदानको परिवार खोज्छ । त्यस्तै जनताले पनि मधेशको विकासको लागि काम गर्ने, हिजोका दिनमा गरेको पार्टी र खानदानी पार्टी रोज्छन्। राम्रो व्यक्तिलाई रोज्छन् । अथवा काँग्रेसलाई नै रोज्छन। विकास निकास, शान्ति कायम, बुढापाकालाई सम्मान गर्ने मान्छेलाई जनताले भोट दिनेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot