Logo

गोपाल खड्कालाई कारबाही गर्न वाईसिएलको आग्रह



काठमाडौं, १ असोज । इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अरब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल निलम्बन गरि कानूनी कारबाही गर्न माग गर्दै योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाएको छ।

‘सरकारी र सार्वजनिक संस्थानहरुमा समेत पछिल्लो समय दुबो झै मौलाएको भ्रष्टाचारप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यसै सन्दर्भमा नेपाल आयल निगमका निर्णय र भ्रष्टाचारजन्य गतिविधि, निगमका महाप्रबन्धको स्वेच्छाचारी निर्णय प्रक्रिया, राष्ट्रिय समाचारहरुमा आएका तथ्य तथा आम नेपाली जनसमुदायले निगम प्रति उठाएका प्रश्नहरु जायज भएको निष्कर्षमा हाम्रो संगठन वाइसीएल नेपाल पुगेको छ।’

 



प्रतिक्रिया दिनुहोस्