Logo

मन्त्री मन्सुरद्वारा मतदान



बारा (कलैया), २ असोज ।  बारामा शान्तिपूणरुपमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ ।

बारा जिल्लाको १६ वटा स्थानीय तहको निर्वाचन बिहान ७ः०० बजेबाट शान्तिपूर्ण वातावरणमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

श्रम तथा रोजगारमन्त्री फमुल्ला मन्सुरले बिहान ७ः३० बजे सिमरा जीतपुर उपमहानगरपालिका–७ बाट पहिलो मतदान गर्नुभयो ।
निर्वाचनका लागि मतदातालाई आइतबारसम्म करिब ७५ प्रतिशत मतदाता परिचयपत्र वितरण गरिएको छ ।  (रासस)



प्रतिक्रिया दिनुहोस्