Logo

मन्त्री विश्वकर्मा हङकङमा महत्वपूर्ण भेटघाटमा व्यस्त



काठमाडौं, २ असोज । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा यतिबेला हङकङमा छन् ।

त्यहाँ रहेका नेपाली उद्यमी–व्यवसायीहरुसँग उनले नेपाल–हङकङ दुई देशबीचको व्यापार प्रवर्द्धनका विषयमा छलफल शुरू गरेका छन् ।

हङकङमा रहेका नेपाली उद्यमी व्यवसायीहरुको आमन्त्रणमा ५ दिने भ्रमणको सिलसिलामा शनिबार बिहान हङकङ पुगेका मन्त्री विश्वकर्माले व्यवसायीहरूसँग यस्तो छलफल शुरू गरेको उनका स्वकिय सचिव टेकबहादुर बिकले जानकारी दिए ।

मन्त्री विश्वकर्माले त्यहाँ रहँदा दुईदेशबीचको व्यापार प्रवर्द्धन, हङकङमा रहेका नेपाली समुदायका समस्या, गैरआवासीय नेपालीहरुको समस्यालगायत विषयमा छलफल गरिसकेका छन् ।

उनले त्यहाँस्थित नेपाली महावाणिज्य दूत, नेपाल–हङकङ नेपाली महासंघ, धरान–हङकङ मञ्चलगायत संघसंस्थाका प्रतिनिधिसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

शनिबार उनलाई हङकङ विमानस्थलमा त्यहाँस्थित नेपाली महावाणिज्य दूत कमल भट्टराई, उद्यमी–व्यवसायीलगायतले स्वागत गरेका थिए । मन्त्री विश्वकर्मा यही बुधबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्