Logo

नेपाल–अफ्रिका चलचित्र महोत्सव शुरु



काठमाडौं, २ असोज । ‘छैटौं  नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०१७’ आजदेखि शुरु भएको छ । ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी) को आयोजनामा आजदेखि शुरु भएको महोत्सव बुधबारसम्म चल्ने छ ।

रुसी सांस्कृतिक केन्द्रमा आयोजित महोत्सवको पहिलो दिन इजिप्टको ‘लिटिल एगल’ र तान्जानियाको ‘होल्डिङ अप द स्काई’ शीर्षक दुई लघुचलचित्र प्रदर्शन गरिएको छ ।

मंगलबार चार र बुधबार तीन लघुचलचित्र देखाइने छ । उहाँले अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटन आदानप्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महोत्सव आयोजना गरिएको सिजेएमसीका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले बताउनुभयो ।

महोत्सवमा नेपाल, युगाण्डा, रुवाण्डा, सेनेगल, भारतसहित नौ देशका सांस्कृतिक–सामाजिक परिवेशका जीवन भोगाइका नौ लघुचलचित्र प्रदर्शन गरिने छ । (रासस)



प्रतिक्रिया दिनुहोस्