Logo

तेस्रो संविधान दिवसमा देखिएका २५ तस्बिरहरु



काठमाडौं, ३ असोज । राजधानी लगायत देशका विभिन्न भागमा तेस्रो संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।आज बिहानै राजधानीको टुडिखेलमा एक कार्यक्रम गरि तेस्रो संविधान दिवस मनाईको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, उप–राष्ट्रिपति, प्रधानमन्त्री शेर बहादुर देउवा, विभिन्न राजनीतिक दलका शिर्ष नेता, कुटनिति नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

भोजपुरमा संविधानमा दिवस

भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस ¥यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको छ। जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मुलुक संघीयतामा गएकाले यसको कार्यान्वयनका लागि कर्मचारी र राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार भोजपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो । त्यस्तै, दिवसकै अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो ।

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्