Logo

संघीयता संस्थागत गर्न स्थानीय चुनाव कोशेढुंगा : प्रधानमन्त्री देउवा



काठमाडौं, असोज ३।  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन तथा संघीयता संस्थागत गर्ने सवालमा स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित हुने बताएका छन्।

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले यो संघीयता कार्यान्वयनमा कोशेढुंगा सावित हुने बताएका हुन्।

नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसको उपलक्ष्यमा मंगलबार काठमाडौंको सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन सम्बन्धी सम्पूर्ण कानुन समेत बनाइसकिएको उल्लेख गर्दै प्रदेश र संघीय संसदको निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरे।

उनले संविधान कार्यान्वयन गरी राष्ट्रिय एकता सुदृढ बनाई समृद्ध राष्ट्रतर्फ मुलुकलाई अघि बढाउन आफ्नो स्थानबाट सहयोग गर्न पनि सबैलाई आह्वान गरे।



प्रतिक्रिया दिनुहोस्