Logo

मिस एयरहोस्टेस–२०१७ को ताज रिवा लिम्वुको शिरमा



काठमाडौं, ३ असोज – उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले पानसमा वत्तिवालेर उद्घाटन गर्नु भएको थियो ,विषेश अतिथि सौर्य यएरलाइसका प्रवन्ध निर्देशक गोपाल भट्राई राससका अध्यक्ष कुल चन्द्र वाग्लेहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नेपालका एभीएसन क्षेत्रका विशिष्ट व्यक्तिहरुको वाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रममा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा , सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त,वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रो।डा। स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणीत केसी , सिता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहनु भएको थियो ।

सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षिय रिवा लिम्वुले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज सिरमा लगाउन सफल भइन ।

प्रतियोगितामा विजेताभई लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधि सहित रु २५ हजार नगद रुपैया र वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृक्ति पाइनभने एभीयसन म्यूजीएममा हालको लागि रोजगारीको अवसरपनि प्राप्त गरीन ।

त्यस्तै गरि फस्ट रनर अप कंलङ्कीको सिजु सिंह ठकुरी ले नगद रु १५ हजार रुपैया र वेष्ट ड्रेसको उपाधी प्राप्त गरिन भने , सेकेण्ड रनर अप मोनालिसा पाख्रीनले हातपारीन भने मिस पर्सनालीटीको अवार्ड पनि हातपारीन र रु दश हजार रुपैया साथै वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा रु १ लाख वरावरको छात्रावृति प्रदान गरीने छ ।

अवार्डहरुमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा , मिस ट्यालेन्ट अनु वुढा मगर , मिस फोटोजेनीक अस्मीता वुढाथोकी , वेस्ट स्माइल पुजा खत्री , मिस फेन्डसीप अवार्ड सुप्रीया थापा मगर, मिस डिसिपिललिन अवार्ड सपना जोसी , मिस पपुलर फुरलामु सेर्पा , मिस मल्टी मिडिया एलीना श्रेष्ठ, साथै भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लीङ राई , वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भए ।



प्रतिक्रिया दिनुहोस्