Logo

३८ औँ समाजिक सेवा दिवस ३ दिन मनाइने, आज सरसफाइ कार्यक्रम सम्पन्न (फोटोफिचर)



असोज ४, काठमाण्डौ । समाज कल्याण परिषदको आयोजनामा भृकुटीमण्डप क्षेत्र सरसफाई गरिएको छ । ३८ औँ समाजिक सेवा दिवसका अवसरमा परिषदले सरसफाई कार्यक्रम गरेको हो ।
दिवसका अवसरमा समाज कल्याण परिषद क्षेत्र लैनचौर र त्रिदेवी मन्दिर केशरमहलमा पनि सरसफाई कार्यक्रम गरिएको छ ।

 

 

सरसफाई कार्यक्रममा परिषदको कोष, सशस्त्र प्रहरी, भृकुटीमण्डप संचालन कार्यालय, काठमाण्डौ निम्न व्यापारी संघ लगायतका विभिन्न संघ संस्थाहरुको सहभागिता थियो । सरसफाई कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका तर्फबाट अध्यक्ष ऋषि धमालसमेत सहभागि थिए ।
परिषदले हरेक वर्ष समाजिक सेवा दिवसका अवसरमा सरसफाई कार्यक्रम गर्दै आएको छ ।

 

 

दिवसका अवसरमा भोली साँझ शान्ती वाटिकामा दिप प्रज्वलनसमेत गरिने छ । त्यस्तै ५ गते विहान राष्ट्रिय जेष्ठ नागरिक कोषको आयोजनामा पशुपति वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने कार्यक्रम छ ।
दिवसको दिन ६ गते भए पनि विविध कार्यक्रम आजैदेखि गरिएको हो । ६ गते विहान भृकुटीमण्डपदेखि विभिन्न ठाउँ हुँदै परिषदको कार्यालय लैनचौरसम्म प्रभातफेरी गर्ने कार्यक्रम छ । प्रभातफेरीपश्चात दिवसको मूल कार्यक्रम गरिने छ । मूल कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

 



प्रतिक्रिया दिनुहोस्