Logo

प्रदेश नम्बर २ मा राजपा दोस्रो ठूलो दल बन्ने मनिष सुमनको दाबी



असोज ४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले प्रदेश नम्बर २ मा राजपा दोस्रो ठूलो दल बन्ने दाबी गरेका छन् । नेता सुमनले प्रदेश नम्बर २ को प्रारम्भिक नतिजा राजपाको पकड भएका क्षेत्रको नभएकाले पार्टी पछाडि देखिएको बताएका छन् । भोलीसम्मको नतिजा कुर्ने हो भने राजपा अग्रस्थानमा आउने र एमाले पछाडि धकेलिने आँकलन सुमनले गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले निर्वाचनको तयारीका लागि पर्याप्त समय नपाएकाले चुनावी नतिजामा दोस्रो ठूलो दल बन्नुपर्ने स्थिती आएको तर्क गरेका छन् । निर्वाचन आयोगले निर्वाचन चिन्हसमेत अन्तिम समयमा दिएको र त्यो पनि आफुहरुले मागे अनुसारको नपाएकाले चुनावी नतिजा प्रभावित भएको सुमनको भनाई छ ।
पर्याप्त तयारी बिनाको चुनावमा भाग लिए पनि नतिजा स्विकार गर्ने सुमनले बताएका छन् ।
निर्वाचको प्रचारका नाममा केही दलले मतदातालाई पैसा बाँडेको आरोपसमेत सुमनले लगाएका छन् । पैसाको बलमा भोट किनिएकाले नतिजा स्वच्छ हुन नसकेको उनको दाबी छ ।
आगामी मंसिरमा हुने प्रदेश र संसदको चुनावमा जित्ने रणनीति बनाएर मधेशमा राजपाको पकड स्थापित गराउने सुमनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्