Logo

उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प छैन : ट्रप



एजेन्सी, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभाको बैठकलाई सम्बोधन गर्दै अमेरिकी हितको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्।

राष्ट्रसंघका सबै सदस्य स्वतन्त्र रहन सक्नु नै यसको सफलता भएको उनले दाबी गरे। उनले दुईवटा विश्वयुद्धको मारपछि राष्ट्रसंघको स्थापना भएको चर्चा गर्दै यसका सबै सदस्यको सम्प्रभुता कायम रहनु ठूलो उपलब्धि भएको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभाको बैठकलाई सम्बोधन गर्दै अमेरिकी हितको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्।

राष्ट्रसंघका सबै सदस्य स्वतन्त्र रहन सक्नु नै यसको सफलता भएको उनले दाबी गरे। उनले दुईवटा विश्वयुद्धको मारपछि राष्ट्रसंघको स्थापना भएको चर्चा गर्दै यसका सबै सदस्यको सम्प्रभुता कायम रहनु ठूलो उपलब्धि भएको बताए।

शान्ति, सम्प्रभुता, सुरक्षा र स्वच्छताका चार स्तम्भमा राष्ट्रसंघ टिकेको उनले बताए। यसका सबै सदस्यबीच एकापसमा सम्मान र सद्भाव हुनुपर्नेमा उनले जोड दिए। यसको पालना गर्नु सबैको कर्तव्य भएको पनि उनले उल्लेख गरे। यसै कारण अमेरिकाले आफ्नो शैली अरूमाथि नथोपर्ने पनि उनले दाबी गरे।

अमेरिकी संविधान २३० वर्ष पुरानो भएको उनले चर्चा गरे। यसमा उल्लेख गरिएको ‘वी द पिपल’ अमेरिकी संविधानको सबैभन्दा सुन्दर शब्द भएको उनको कथन छ। अमेरिकी नागरिकले आफ्नो सम्प्रभुतामा निश्चिन्त भएको उनले बताए।

उनले भने,‘अमेरिकी सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकको अधिकार र हिताको रक्षा गर्नु हो। राष्ट्रपति भएका नाताले अमेरिकी जनताको अधिकार र हितको रक्षा गर्नु मेरो कर्तव्य हो।

आफ्ना नागरिकको अधिकार र हितको रक्षा गर्नु सबै राष्ट्र प्रमुखको कर्तव्य पनि हो।’ अमेरिका पूरै संसारको र विशेषगरी आफ्ना सहयोगीका लागि उत्तम मित्र पनि भएको उनले स्पष्ट पारे।

अमेरिकी नागरिकले आफ्नो स्वतन्त्रताका साथै कैयौं देशको स्वतन्त्रताका जीवन उत्सर्ग गरेको उनको भनाइ छ। उनले अमेरिकालाई संसारको सर्वोत्तम बनाउने उद्देश्यलाई लक्षित गरी आफ्ना विदेशनीति लागू गरिएको उनको दाबी छ।

ट्रम्पले आफ्नो भाषणमा उत्तर कोरिया, इरान र भेनेजुएलाको तीव्र आलोचना गरे। उनले राष्ट्रसंघका सबै सदस्यलाई एकजुट भएर उत्तर कोरियालाई थप दबाब दिनुपर्ने आह्वान गरे। यसको परमाणु कार्यक्रम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएको उनले बताए।

ट्रम्प इरानको परमाणु कार्यक्रममाथि पनि आक्रामक देखिए। अमेरिका राष्ट्रसंघको सबैभन्दा ठूलो दातृसंस्था पनि हो। उनले भेनेजुएलाका नागरिकको पक्षमा आफू रहेको भन्दै त्यहाँको स्वतन्त्रतामा आफ्नो समर्थन रहेको उनले स्पष्ट पारे। भेनेजुएलामा भइरहेका गतिविधि आफूलाई स्वीकार्य नहुने पनि उनले चेतावनी दिए।

उनले संसारभरका राष्ट्र प्रमुखलाई सम्बोधनगर्दै परमाणु परीक्षणप्रति सजग हुन आग्रह गरे। अमेरिकालाई धम्की दिइरहे उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने चेतावनी पनि दिए।

उत्तरका व्यवहार यसतर्फ लक्षित भएको ट्रम्पको दाबी छ। उनले भने, ‘यदि उत्तर कोरियाले अमेरिकालाई धम्की दिइरहने हो भने उसलाई पूर्ण ध्वस्त गर्नुको विकल्प छैन।’

उनले उत्तर कोरियाली नेत किम जोङ उनलाई रकेटम्यानको संज्ञा दिँदै उनको उद्देश्य आत्मघाती सावित हुने चेतावनी दिए। ट्रम्पले उत्तर कोरियामा लगाइएको नाकाबन्दीमा चीन र रूसले समर्थन गरेको भन्दै धन्यवाद पनि दिए। यतिले मात्र नपुगेर उनीहरूबाट अझै थप सहयोग आवश्यक रहेको स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस्