Logo

प्रदेश नम्बर २ मा राजपाको पकड, बलियो बनेकै हो त मधेशको मुद्दा ?



असोज ५, काठमाण्डौ । पञ्चायती व्यवस्थाको प्रभाव क्षेत्र मानिने धनुषाको हंसपुर नगरपालिका ०४६ सालपछि कांग्रेसले आधारभूमि बनायो । पञ्चायतकालमा धनुषा शेरको नामले चिनिएका हेमबहादुर मल्लको यो क्षेत्र प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेसका आनन्दप्रसाद ढुंगानाले कांग्रेसी झन्डा फहराए। स्थानीय निकायमा साविकको बधचौरा गाविसमा काशीनाथ झालगायतले कांग्रेसको बिँडो थामे । मधेस आन्दोलनको रापमा भएको स्थानीय तह निर्वाचनमा यहाँ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्नो झन्डा फहराउन सफल भयो । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

पहिलो र दोस्रो मधेस आन्दोलनपछि भएको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका रामकृष्ण यादव निर्वा्चित भए। यादव वर्तमान सरकारमा मन्त्री छन् । ०४६ पछिका सबै निर्वाचनमा कांग्रेसले बाजी मार्दै आएको जनकपुर उपमहानगरको छेउकै यो नगरपालिकामा मधेसवादी पार्टीको झन्डा फहरियो । मेयरमा रामज्ञान मण्डल निर्वाचित भएपछि सञ्चारमाध्यमलाई छोटो प्रतिक्रिया दिँदै उनले आफ्नो जितलाई मधेस मुद्दाको जितका रूपमा तुलना गरे। जनकपुरस्थित रारा बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक नवीन मि श्रले प्रारम्भिक चुनावी परिणाममा टिप्पणी गर्दै भने, ‘२ नम्बर प्रदेशमा मुख्यगरी कांग्रेस, राजपा र एमालेबीच प्रतिस्पर्धा देखियो ।’
बुधबार बेलुकीसम्मको परिणामअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र चौथौ, पाँचौंमा राजपा र फोरम नेपाल आएका छन् । भदौ दोस्रो साता मात्रै स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय गरेको राजपाले आफूहरूले मधेस आन्दोलनको अगुवाइ गरेकाले २ नम्बर प्रदेशमा पहिलो हुने दाबी गरेको थियो । कांग्रेसले २ नम्बर प्रदेशमा सय सिट जित्ने लक्ष्य सार्वजनिक गरेको थियो । एमाले र माओवादी केन्द्रले पनि २ नम्बर प्रदेशमा पहिलो पार्टी हुने आकलन सार्वजनिक गरेका थिए ।

हालसम्मको मतपरिणामलाई हेर्ने हो भने दुई नम्बर प्रदेशमा पहिलो पार्टी कांग्रेस नै हुने देखिन्छ भने दोस्रो हैसियतका लागि राजपा र एमालेबीच प्रतिस्पर्धा देखिएको छ । तेस्रो र चौथोमा माओवादी र फोरम नेपाल आउने देखिन्छ । जनकपुरका राजनीतिशास्त्री मि श्र भन्छज, ‘मधेस आन्दोलनको राजपा सेन्टिमेन्टले कांग्रेस र एमाले सकसमा परे ।’



प्रतिक्रिया दिनुहोस्