Logo

दुई जलविद्युत आयोजनाको पाए सर्भे लाइसेन्स



असोज ६, काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनीले ५ सय ८५ मेगावाट करनकका दुई जलविद्युत आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
खबर आजको कारोबारमा छ ।

कम्पनीले पाँच जलविद्युत आयोजनाका लागि उर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी–३ को सर्भे लाइसेन्स दिएको छ ।

चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले उर्जा मन्त्रालयले दुई जलविद्युत आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे ।



प्रतिक्रिया दिनुहोस्