Logo

घरबेटीको मनपरी भाडा असुलीविरुद्ध महानगरपालिकामा उजुरी



असोज ५,काठमाण्डौ । लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् ।

घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि कुनै सुनुवाई नभएको उनले बताए ।

घरबेट्टिले कोठावाल सटरवालासँग मनलागी भाडा लिने मात्र होईन, सरकारलाई बुझाउनुपर्ने राजस्व पनि छली गरेका छन्, उजुरीकर्ताले भने ।

उनले जननिर्वाचित प्रतिनिधि आए पनि आफुहरुले अघि सारेको माग सुनुवाईप्रति बेवास्ता गरेको गुनासो गरे ।

ललितपुर महानगरपालिकाले घरबबहाल करमा कडाई गरेमा अर्बौ रुपैयाँ उठ्छ, उनले भने, अब स्थानीय तहले एनकानुन तर्जुमा गर्दा घरबाहल मुल्य घरबेटिले नभई नगरपालिका वा गाउँपालिका आफैले तोक्ने व्यवस्था गर्नुपर्छ । यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्