Logo

सबैभन्दा धेरै ठाउँमा अग्रता लिएको कांग्रेसले बल्ल १ ठाउँमा जित्यो



असोज ५, काठमाण्डौ । प्रदेश नम्बर २ को चुनावमा कांग्रेसले धनुषाको औरही गाउँपालिकामा जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । उक्त गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवार ब्रम्हदेव यादव र उपाध्यक्षका उम्मेदवार मिरादेवी सहनीले जितेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ४२ ठाउँमा अग्रता लिएको छ भने दोस्रोमा संघीय समाजवादी फोरमले ३०, माओवादी केन्द्रले १९ र नेकपा माओवादीले १७ ठाउँमा अग्रता लिएका छन् । त्यस्तै राजपाले १५ ठाउँमा अग्रता लिइरहेको छ ।
अहिलेसम्म अन्तिम मत परणामा आएका ठाउँहरुमध्ये नेकपा एमालेले २, नेकपा माओवादी केन्द्र, राजपा, नेपाली कांग्रेस र संघिय समाजवादी फोरमले एक एक ठाउँमा जित हासिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्