Logo

यस्तो छ दशैँमा घर जानेको घुइँचो



असोज ६, काठमाण्डौ । यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो ।

ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु । अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो ।

अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् ।
पछिल्लो मतगणना अनुसार काठमडौं उपत्यकामा स्थायी बसोबास गर्नेको संख्या २५ लाख १७ हजार थियो ।

तर, विभिन्न पेसा र ब्यवसायका लागि यहाँ बसोबास गर्नेको संख्या समेत जोड्दा काठमाडौंको जनसंख्या ४० लाखभन्दा बढी हुने अनुमान छ । त्यसले गर्दा काठमाडौं उपत्यकामा बर्षभर नै जताततै भीडभाड देखिन्छ । यो खबर आजकोनागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्