Logo

टिकटको मूल्य बढि तिर्नु परे प्रहरीलाई खबर गर्नुस्, तत्काल कारबाही हुन्छ



असोज ६, काठमाण्डौ । नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले दशैँमा घर जाने यात्रुले टिकट काट्दा कुनै अनियमितता र ठगि नहोस् भनेर नेपाल प्रहरीले काठमाण्डौ उपत्यकाका १२ ठाउँमा हेल्लो डेस्क संचालन गरिएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै एआइजी चन्दले सबै बसपार्कहरुमा निगरानी गरिएको दाबी गरे ।
कुनै बसपार्कबाट यात्रु ठगिने गरी टिकट काट्ने काम नभएको जिकिर चन्दले गरेका छन् । गलत तरिकाले टिकट काट्ने वा यात्रु ठग्ने गरिएको सुचना प्राप्त हुनासाथ प्रहरीले कारबाही गर्ने प्रतिवद्धता चन्दले व्यक्त गरेका छन् ।
अहिलेसम्म करिब एक दर्जन ठगहरुलाई कारबाही गरिएको जानकारी समेत चन्दले दिए । टिकट वितरणलाई व्यवस्थित गर्ने प्रयास अझै भइरहेको उनले बताए । नागरिक सहायता कक्षको माध्यमबाट यात्रुलाई सहज बनाउने काम भइरहेको चन्दको भनाई छ ।

यदी कसैलाई तोकिएकोभन्दा बढि मूल्यमा टिकट बेचेको छ भने मौखिक खबर गरेको भरमा तत्काल कारबाही गर्ने प्रतिवद्धता चन्दले गरेका छन् । स्थलगत रुपमा खटिएका प्रहरीलाई खबर गरेको भरमा दोषीलाई कारबाही गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्