Logo

केन्याको निर्वाचन अक्टोवर २६ मा हुनेगरी परिवर्तन



नैरोबी, ६ असोज (रासस/एएफपी) :  केन्यामा हुने भनिएको नयाँ राष्ट्रपतीय निर्वाचन पछाडी सारेर अक्टोबर २६ का लागि तोकिएको छ । यहाँको निर्वाचन आयोगले पूर्वनिर्धारित मिति परिवर्तन गर्दै नयाँ मिति तोकिएको बिहीबार जानकारी दिएको हो ।

सर्वोच्च अदालतले यसअघिको राष्ट्रपतीय निर्वाचनको नजिता बदर गर्दै पुर्ननिर्वाचन गराउन आदेश दिएपछि केन्यामा फेरी निर्वाचन गर्ने तयारी भइरहेको छ ।अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष डेभिड मारागाले गत अगस्त आठमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा उहुरु केन्याटा निर्वाचित भएको घोषणा अनियमित भएको बताउनुभएको थियो ।

केन्याको विपक्षी गठबन्धन ‘नेशनल सुपर एलाइन्स‘को तर्फबाट राष्ट्रपति पदका उम्मेदबार बन्नु भएका नेता राईला ओडिङगाले केन्याटालाई विजयी घोषणा गर्नु गलत भएको भन्दै निवेदन दिनुभएको थियो ।

निवेदनमा ओडिङगाले निर्वाचनका बेला निर्वाचन सामग्रीहरुको व्यापक दुरुपयोग भएको र यन्त्रहरु ह्याक गरेर अनियमितता गरिएको आरोप लगाउनु भएको छ ।
अदालतका छ जना मध्ये चार जना न्यायाधीश निर्वाचनमा गलत भएको पक्षमा थिए भने दुई जना निर्वाचनमा त्रुटी नभएको दावी गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्