Logo

दशैँमान घुमघाम : कुन देश घुम्दा कति खर्च हेर्नुहोस् 



असोज ६, काठमाण्डौ । दशैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपालीको संख्या बढ्दै गएको छ । चाडपर्वका बेला फुर्सद निकालेर नेपालीहरु विभिन्न मुलुक पुग्ने गरेका छन् । नेपालीहरुलाई भारतबाहेक ३६ वटा देशले अन अराईभल भिसा उपलब्ध गराएका छन ।

पछिल्ला वर्षहरुमा विदा मनाउन विदेश घुम्न जाने नेपालीहरुको संख्या ह्वातै बढेको छ । खासगरी उच्च र मध्यम वर्गका परिवारका सदस्यको विदेश घुमघामको उपयुक्त समय दशैं तिहार नै हुने गरेको छ । नेपालीहरु थाइल्यान्ड, मलेसिया, इन्डोनोसिया, सिंगापुरदेखि चीन, भारत, युरोप र अमेरिकासम्म घुम्न जाने गरेका छन ।

गत वर्ष थाइल्यान्ड घुम्ने नेपालीमात्र ४० हजार ६ सय ७८ पुगेका थिए । पछिल्लो समय नेपालीको खर्च गर्ने क्षमता बढदै गएको, घुम्ने संस्कृतिको विकास भएको र पारिवारिक रमाइलो गर्नेसम्मको उद्देश्यले विदेश यात्रा गर्ने नेपाली बढिरहेको पाइन्छ ।

थाइल्याण्ड घुम्न जाँदा ४ रात ५ दिनको ६५ हजार खर्च लाग्दछ । दुबई जाँदा ४ रात ५ दिनको ७५ हजार खर्च लाग्दछ । सिङ्गापुर र मलेसिया ५ रात ६ दिन को १ लाख खर्च लाग्दछ । थाइल्याण्ड, मलेसिया र सिङ्गापुर घुम्न जादा ९ रात १० दिनको १ लाख ३० हजार खर्च लाग्दछ । थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर जादा ११ रात १२ दिनको १ लाख ७० हजार खर्च लाग्दछ । दुवाई र मोरिसस जादा ८ रात ९ दिनको ३ लाख खर्च लाग्दछ । युरोपका चार देशहरु जादा ७ रात ८ दिनको ३ लाख ५० हजार खर्च लाग्दछ ।

अष्ट्रेलिया जाँदा ७ रात ८ दिनको ३ लाख १० हजार खर्च लाग्दछ । त्यस्तै जापान र कोरिया ९ रात १० दिनको ४ लाख खर्च लाग्दछ । सेन्ट्रल युरोप र लन्डन सहित ७ देश छान्न सकिने गरी ८ रात ९ दिनको ४ लाख ५० हजार खर्च लाग्दछ । ट्राभल एजेन्सीहरुले नेपालीहरु पहिला घुम्न जाने थाइल्याण्ड, सिंगापुरबाहेक युरोप तथा अमेरिकाको पनि घुम्ने योजना ल्याएका छन् ।

अहिले पनि थाइल्याण्ड, मलेसिया, तथा सिंगापुर घुम्न जाने नेपालीको संख्या धेरै छ । ५०–६० हजार खर्च गर्न सक्ने मध्यम वर्गको रोजाइ थाइल्यान्ड हुने गरेको छ भने उच्च वर्गका परिवारको रोजाइ अमेरिका र युरोप हुने गरेको छ ।  गत वर्ष थाइल्यान्ड घुम्ने नेपालीमात्र ४० हजार ६ सय ७८ पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्