Logo

शिखर नेपालद्धारा विभिन्न व्यक्तित्वहरु सम्मानित



काठमाडौं, ६ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले मुलुक यतिवेला चुनावी वर्षमा रहेको बताउँदै सबै निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित शिखर नेपालको १४ औं वार्षिकोत्सवमा बोल्दै नेता खड्काले यस्तो बताएका हुन् । शिखर नेपालले उक्त अवसरमा समाजका विभिन्न तह र तप्काका व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता खड्काले नै ती व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् । आ–आफ्नो क्षेत्रबाट समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै संस्थाले ५० जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा राजनीतिकर्मी, समाजेवी, कलाकार तथा व्यापारीहरु रहेका छन् । त्यसमध्ये ११ जनालाई शिखर व्यक्तित्वबाट सम्मान गरिएको थियो भने ३९ जनालाई भने शिखर सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शेखर खनालको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री खड्काले समाजको विकासमा विभिन्न तवरले योगदान पुर्याए बापत संस्थाले यसरी सम्मान गर्नु खुशीको कुरा भएको बताएका थिए । उनले भने,‘यसरी समाजमा विशिष्ट योगदान पुरयाउने व्यक्तित्वहरुलाई सम्मान गर्नु भनेको अत्यन्तै खुशीको कुरा हो, यसमा हामीले गर्व गर्नुपर्छ, आगामी दिनमा उहाँहरुको पनि भूमिका अझै धेरै थपिएको , उहाँहरुले पनि सभ्य र विकसित समाजको लागि ठूलो योगदान थप्दै जानुहुनेछ।’

कार्यक्रममा विशिष्ट अतिथि रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले शिखर व्यक्तित्व र सम्मानबाट सम्मानित भएकाहरुलाई बधाई दिए । उनले सरकारले गर्न नसकेको काम शिखर नेपालले गरेको भन्दै प्रशंसा समेत गरे । त्यस्तै उनले सम्मानित व्यक्तिहरुलाई पनि थप जिम्मेवारी थपिएको भन्दै अझ सक्रिय भएर मुलुको विकासमा योगदान पुर्याउन आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्