Logo

पटाका कारखानामा विस्फोट सातको मृत्यु



नान्चाङ्ग (चीन), ७ असोज : पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ ।

सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार कारखानालाई उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ ।
कारखानाको उत्पादन प्रक्रियामा अनगिन्ति त्रुटीहरु भेटिएकाले सुरक्षाको दृष्टिले उत्पादन स्थगीत गर्न हिजै आदेश दिइएता पनि कारखानाले शुक्रबार अबेरसम्म आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन ।

कारखानामा के कसरी बिस्फोटको घटना भयो यस बारे अनुसन्धान भई रहेको जनाइएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्