Logo

जागरण सञ्चार नेपालद्धारा पत्रकार धमला सम्मानित



धमलाले भने,‘अब हाम्रालाई होईन, राम्रालाईमात्रै संसदमा पठाउनुपर्छ’

काठमाडौं, ७ असोज । जागरण सञ्चार नेपाल प्राईभेट लिमिटेडले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई आज सम्मान गरेको छ।
शनिबार उक्त संस्था जागरण सञ्चार नेपालको उद्धघाट्न कर्यक्रमकावीच पत्रकार धमलालार्ई सम्मान गरिएको थियो ।

धमलालाई नेपाल सरकारका गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले सम्मान–पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

संस्थाका निर्देशक केशरकुमार कालिकोटको सभापतित्वमा र गृहराज्यमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्मानित भएपछि पत्रकार धमलाले अब आउने प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने विश्वास दिलाए ।

उनले भने,‘यो वर्ष चुनावमय भएको छ, संविधान कार्यान्वयनको लागि चुनावले ढोका खोलेको छ, संविधान कार्यान्वयन भएर मुलुक समृद्धिको बाटोमा अघि बढ्छ ।’ धमलाले आउने केन्द्रिय संसद र प्रदेश सभाको निर्वाचनमा जनताले अब हाम्रा भन्दापनि राम्रा मान्छेहरुलाई चुन्नुपर्नेमा जोड दिए ।

उनले भने,‘अब हामीले राम्रा मान्छेहरुलाईमात्रै पार्लियामेन्टमा पुर्याउनुपर्छ, लोकतन्त्रमा दलको विकल्प छैन, दलभित्र पनि राम्रा मान्छेहरु पठाउनुपर्छ, पर्सनल ईन्ट्रेष्टभन्दा नेश्नल भावना बोकेको मान्छेलाई संसदमा पुर्याउनुपर्छ, यसबारेमा अहिलेदेखि नै सबैले सोच्नुपर्छ।’

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै र आउने दुई वटा निर्वाचन सफल रुपमा सम्पन्न भएपछि मुलुकमा लोकतन्त्र बलियो हुने उनको विश्वास थियाृ । ‘लोकतन्त्र बलियो भएसँगै मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्छ, व्यवस्थाले जित्छ।’

उक्त अवसरमा जागरण सञ्चार नेपाल प्राईभेट लिमिटेडको समेत मन्त्री श्रेष्ठ, पत्रकार धमला र गायिका कुन्ती मोक्तानले संयुक्त रुपमा उद्धघाट्न गरेका थिए ।

पत्रकार धमलालाई गरिएको सम्मानपत्रमा लेखिएको छ,‘पत्रकारितामा रही निरन्तर अतुलनीय योगदान पुर्याउनु भएको तपाई श्री ऋषि धमलालाई जागरण सञ्चार नेपाल प्राईभेट लिमिटेडद्धारा संचालित राष्ट्रिय जागरण साँगितिक अभियानको अवसरमा तपाईको योगदानलाई उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गर्दछौं।’
त्यस्तै कार्यक्रममा चर्चित गायिका मोक्तानलाई पनि सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्