Logo

इङ्लिस प्रिमियर लिगमा शीर्ष क्लबहरु विजयी



काठमाडौं, ८ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलमा शीर्ष क्लबहरु नै विजयी भएका छन् ।

राती भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५-० ले पराजित गरेको छ ।त्यसैगरी म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्पटनलाई १-० ले पराजित गरेको छ ।

अर्को दाबेदार टोली चेल्सीले स्टोक सिटीलाई ४-० ले पराजित गर्दा एभर्टनले बर्नमाउथलाई २-१ ले हराएको छ ।त्यसैगरी वार्डफोर्डले स्वान्सी सिटीलाई २-१ ले पराजित गरेको छ भने टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई ३-२ र लिभरपुलले लेस्टर सिटीलाई ३-२ ले नै पराजित गरेका छन् ।

वर्नले र हडल्सफिल्डबीचको खेल भने गोलरहीत बराबरीमा टुंगिएको छ ।



प्रतिक्रिया दिनुहोस्