Logo

योगदान एवं समावेशिताका आधारमा टिकट दिइनुपर्ने



पोखरा, ८ असोज : उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।

काँग्रेस कास्कीद्वारा यहाँ आज आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा पार्टीमा लामो समयदेखि दिइएको योगदान एवं समावेशिताका आधारमा टिकट दिइनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री तथा काँग्रेसका नेता यज्ञबहादुर थापाले काँग्रेसप्रति जनताको विश्वास कायमै रहेको बताउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्