Logo

होटेल साँग्रिलास्थित् मिलेनियर्स क्ल्ब एण्ड क्यासिनोमा बम फेला



डिस्पोजलको लागि सेनाको टोली पुग्यो

काठमाडौं, ८ असोज । काठमाडौंको लाजिम्पाटस्थित् होटल साँग्रिलाको मिलेनियर्स क्ल्ब एण्ड क्यासिनोमा बम फेला परेको छ ।

क्यासिनो परिसरमा शंकास्पद् बस्तु फेला परेपछि बुझ्दा उक्त वस्तु बम भएको पत्ता लागेको हो ।

त्यसपछि अहिले होटेलका सम्पूर्ण कर्मचारीहरुलाई बाहिर बसेका छन् । बम डिस्पोजलको लागि नेपाली सेनाको एक टोली होटेल परिसरमा पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्