Logo

क्यासल युनाइटेडलाई हराउँदै ब्राइटन १३ औं स्थानमा उक्लियो



काठमाडौं, ९ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा ब्राइटन विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको हो । यहि सिजनमा प्रिमियर लिगमा बढुवा भएर आएको ब्राइटनले घरेलु मैदानमा प्रिमियर लिगको खेल जितेको यो लगातार दोस्रो पटक हो ।

जितपछि ६ खेलबाट ७ अंक जोडेको ब्राइटन १३ औं स्थानमा उक्लिएको छ । ९ अंकसहित न्युक्यासल नवौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्