Logo

अफगानिस्तानमा ४६ जनाको मृत्यु



काबुल, १० असोज : अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत २४ घण्टाको अवधिमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए ।मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकूहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन् ।

अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत छ महिनादेखि देशभरी कडा सुरक्षा कारबाही चलाएको छ । सुरक्षा कारबाहीका लागि झण्डै छ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्