Logo

चिकित्सकहरुले आन्दोलन नराके कठोर निर्णय गर्न बाध्य हुन्छौं : स्वास्थ्यमन्त्री पोखरेल



काठमाडौं, १० असोज । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनरत चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।
मंगलबार मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री पोखरेलले यस्तो आग्रह गरेका छन् ।

उनले हालै मन्त्रिपरिषदबाट भएको निर्णयको बारेमा भने प्रधानमन्त्री शेरबहादुर देउवा आएपछिमात्रै निर्णयमाथि पूनरावलोकन हुने अहिले केही पनि नहुने स्पष्ट पारे। उनले भने,‘यो आन्दोलन गलत समयमा भएको छ, क्याबिनेट बैठकमा हामीले केही माँग सम्बोधन गरेका छौं।’

त्यस्तै उनले अहिले पनि कुन-कुन माँग पूरा गर्नुपर्ने हो ती माँगहरु लिएर आउनको लागि चिकित्सकहरुलाई आग्रह गरे । यद्धपी उनले आन्दोलन नरोके सरकारले उचित निर्णय गर्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्