Logo

‘ दशैंलाई भड्किलो नबनाऔं ’



अर्घाखाँची असोज १० । हिन्दु धर्मालम्वीहरको सबै भन्दा ठूलो पर्व दशैंलाई भड्किलो बनाउन नहुनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले दशैंलाई कम खर्चमा परम्परागत रुपमा मनाउनु पर्ने बताए ।

रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिए । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले यो वर्षको दशैंले सबैलाई सदवुद्धि प्रदान गरोस भन्दै शुभकामना व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दशैंमा हुन सक्ने संभावित जोखिमहरुलाई मध्यनजगर गर्दै सुरक्षा व्यवस्था मजवुत पारिएको बताए । उनले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्र पारिएको बताए ।

कार्यक्रममा सन्धिखर्क नगर पालिकाका उपप्रमुख ठाकुर कुमार विकले नगरको विकासका लागि गुरुयोजना तयार पारेर अघि बढ्ने बताए । मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्यले सबैको सकारात्मक सोँच बनेमा मात्र विकास संभव भएको बताए । नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नु पर्ने बताए । उनले निर्वाचनमा उम्मेद्वार बन्ने विषयमा पत्रकारहरुले अनावश्यक मान्छेको नाम प्रचार गरेर अतिरञ्जना फैलाएको बताए ।

एमालेका जिल्ला सचिव रामबहादुर चौहान मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि संविधान पूर्ण रुपमा कार्यान्वयन हुने बताए । माओवादी केन्द्रकी जिल्ला सहसंयोजक छमकुमारी खनाल ( चिनारी ) ले चाडर्वहरुले समाजिक सदभाव कायम राख्ने भन्दै चाडपर्व सँगै भित्रिएका विकृति विसङ्गतीहरुको अन्त्य गर्नु पर्ने बताइन ।

नयाँ शक्ति पार्टीकी नेतृ यमुना भुसालले मलुक धर्मनिरपेक्ष घोषणा भइसकेको अवस्थामा सबै धर्मलाई सन्तुलित रुपमा लिनु पर्ने बताइन । नेपाल कांग्रेसकी महिला नेतृ निर्मला क्षेत्रीले दलहरु बीचको तिक्ततालाई अन्य नगरी संविधान कार्यान्वनमा समस्या आउने बताइन ।

कार्यक्रममा विवेकशिल साझा पार्टीका प्रतिनिधि हरिप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली,उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ जेष्ठ नागरिक समाजका अध्यक्ष बुद्धिबहादुर रायमाझी, बार एशोसियसनका अध्यक्ष केवि भुसाल, पाणिनि वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, अन्तरपार्टी महिला संञ्जलकी अध्यक्ष शुसिला गैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालाई स्वागत र कान्तिपुर दैनिकको उपसम्पादकमा वढुवा भएका वीरेन्द्र केसीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम रिपोटर्स कलवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, अर्जुन भुसालको स्वागत मन्तव्य र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको हो।



प्रतिक्रिया दिनुहोस्