Logo

नगर जलयात्रा शुरु



इटहरी, ११ असोज  : इटहरी उपमहानगरपालिकाको मध्यभाग अर्थात् नगरको बीच भाग भएर बग्ने टेंङ्ग्रा खोलामा पहिलो पटक व्यावसायिक नगर जलयात्रा सेवा सञ्चालन ल्याइएको छ ।

इटहरी उपमहानगर–४ ले टेंङ्ग्रा खोलामा व्यावसायिक जलयात्रा सेवा सञ्चालनको परीक्षण अध्ययन पूरा गरेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने निष्कर्षसहितको सेवा सञ्चालन ल्याएको हो । पहिलो परीक्षणमा नै इटहरीमा जलयात्रा सेवा राम्ररी चलाउन सकिने सफलता हात लागेको सेवा प्रदायक संस्थाका सुरेश बस्नेतले बताउनुभयो ।

तमोर, अरुण, सुनकोशीलगायत पूर्वका सबै नदी र खोलामा जलयात्रा सेवा सञ्चालन गराउने इजाजतप्राप्त रिभर डिप ¥याफ्टिङका सञ्चालक बस्नेतले टेंङ्ग्रा खोलामा जमेको र बगेको दुवै खाले पानी पर्याप्त भएकाले यहाँ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सेवा सहज रुपमा चलाउने सकिने अवस्था रहेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्