Logo

रुसी राष्ट्रपति पुटिनद्वारा रासायनिक हतियार सबै नष्ट गरेको जानकारी



मस्को, १२ आसोज :  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिनुभएको छ ।

उहाँले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट गरिने जानकारी दिनुभएको हो । रुसी समाचार समितिले उहाँलाई उद्धरण गर्दै भनेको छ– हामीले रुसमा रहेको अन्तिम यस्तो हतियार पनि नष्ट गर्ने योजना बनाएका छौँ र त्यो हतियार बुधबार अबेरसम्ममा नष्ट गरिनेछ ।

उहाँले तर अमेरिकाले भने यस्ता हतियार नष्ट नगरेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभएको छ– हामीले त यस्ता हतियार नष्ट ग¥यौँ तर अमेरिकाले भने गरेको छैन ।

उहाँले यस्ता हतियारहरू नष्ट गर्नेसम्बन्धी समय पूरा भएको भए पनि संयुक्त राष्ट्रसंघले भने यस्ता हतियार नष्ट गर्नका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न नसकेको आरोप पनि लगाउनुभयो ।(रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्

Screenshot