Logo

वीरगन्ज महानगरपालिका नवनिर्वाचित मेयर सरावगीका प्राथमिकताहरू



काठमाडौं, १२ असोज । वीरगन्ज महानगरका नवनिर्वाचित मेयर विजय सरावगीले  आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेका छन् ।

नवनिर्वाचित मेयर सरावगीले बुधवार साँझ मतपरिणाम सार्वजनिक हुनासाँथ गरेको पत्रकार सम्मेलनमा आफ्ना प्राथमिकताहरु सार्वजनिक गरे।

उनले सुनाएका प्राथमिकताहरू:

  • * अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन ।
    * वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरुमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठनसहित गुणस्तरीय शिक्षा ।
    * वीरगन्जका गृहणीहरुलाई घरमैं रोजगारी ।
    * नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया सञ्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रुपमा स्तरोन्नत्ती ।
    * वीरगन्ज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सामेल गर्ने ।
    * वीरगन्ज महानगरमा बेरोजगारीको समस्या हटाउने ।
    * वीरगन्ज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरु जुन विभिन्न व्याक्ति र संघसंस्थाको कब्जामा छन् ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा ल्याउने ।
    * वीरगन्जमा वीरगन्ज विश्वविद्यालय स्थापना ।
    * वीरगन्ज महानगरलाई लोडसेडिङ मुक्त बनाउने ।
    * योगलाई प्रोत्साहन गर्न हरेक वडामा योगा केन्द्र स्थापना ।


प्रतिक्रिया दिनुहोस्