Logo

दशैंमा मासु र मदिरा कति खाने ? यस्तो छ डाक्टर भट्टराईको टिप्स



बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले मासु र मदिरा अध्यधिक सेवन नगर्न सुझाव दिएका छन् । विशेषगरि मासुमा पनि रातो मासु त्यति धेरै मात्रामा नखानको लागि उनले आग्रह गरेका छन् । रेड मिटले मुटुलाई असर पार्ने भएकोले यसप्रति सेचतना अपनाउनुपर्ने उनको सुझाव छ । दशैंमा कति मासु खाने ? कस्तो मासु खाने ? के को मासु खाने ? भन्नेबारे पत्रकार ऋषि धमलाले डा. भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

दशैंमा मासु कत्ति खानुपर्छ ? कस्तो खालको मासु खाने ? केही टिप्सहरु दिनुहोस् न ?

मासु खानै हुन्न भन्ने कुरा हुँदैन् । तर कस्तो मासु खाने ? कति खाने ? भन्ने कुरा महत्वपूर्ण छ । विशेषगरि नेपालमा अहिले खशी र राँगाको मासु बढि खाने चलन छ । यसलाई ‘रेड मिट’ भनिन्छ । जुन चाहीँ तुलनात्मक रुपमा सेता मासुभन्दा अलिकति बढि नै स्वास्थ्यको लागि हानिकारक नै मानिन्छ । जस्तो खशी, बोकाको मासुभन्दा कुखुरा अथवा माछा खाँदा राम्रो र हितकर हुन्छ ।

उसो भए रातो मासुका असरहरु के–के छन् ?

कोल्डस्टोर र स्याचुरेड फ्याट हुन्छ । यसले मुटु र रक्तनलीलाई असर पारेर त्यसले चाहीँ कालान्तरमा मुटुको हार्ट अट्याक हुने र यही सम्बन्धी रोगहरु लाग्ने संभावनाहरु बढि हुन्छ । मुटुरोगीहरुले रातो मासु धेरै खाए भने यसले असर गर्छ ।

उसो भए कति खानुपर्छ त ? मात्रा भनिदिनुहोस् न त ?

त्यही प्रति दिन १८० देखि २ सय ग्राम सम्म मासु खाँदा राम्रो हुन्छ । तर यसमा पनि विशेषगरि छाला र बोसो चाहीँ छुट्याएर खानुपर्यो । तर खसीको मासुको तुलनामा माछा र कुखुरा खाँदा तुलनात्मक रुपमा राम्रो हो । माछा र कुुखुरा ह्वाईट मिटमा पर्छ ।

तर दशैंमा पनि मासु नखानेहरु पनि छन् नि ?

मासु नखानेहरुको लागि खासै कुरा भएन् । तर खानेहरुले भने विशेष ध्यान दिनुपर्छ। खासमा फ्राई–मिट भन्दा ब्वाईल्ड करीको रुपमा सेवन गर्दा राम्रो हून्छ ।

यो चाडपर्वमा मदिरा सेवन गर्नेहरु पनि प्रशस्तै छन् नि ? उहाँहरुको लागि के सल्लाह दिनुहुन्छ ?

रातो मासु र मदिरा सेवनको मिश्रण नै आँफैमा नराम्रो हो । रातो मासुमा कोल्ड स्टोर र नराम्रो खाले बोसो हुन्छ । त्यसले मुटुमा त्यसैपनि असर गर्ने भयो । त्यही माथि मदिरा सेवन गर्दा असर पर्ने त भैगयो । मदिरा सेवनले मुटुको चाललाई फाष्ट गरिदिन्छ। मदिराले मुटुबाहेक कलेजो र अरु अंगलाई पनि विशेष असर गर्न सक्छ । र, हामीले खाएका सबै चिजहरु ज्तिपनि छन्, ती सबै डाईजेस्ट हुनेपनि कलेजोमार्फत नै हो । त्यसले गर्दा हेभ्भी फुड र त्योसँगै अल्कोहल मिसाएर खाँदा मुटुमात्रै नभएर कलेजोलाई पनि ठूलो भार पर्ने हुँदा रक्सी अधिकमात्रामा र मासु खाँदा स्वास्थ्यकर मानिँदैन् ।

 

 



प्रतिक्रिया दिनुहोस्