नवलपरासी, १३ असोज (रासस) ः नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।
दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित छिमेकी भारतीय दर्शनार्थीको समेत उल्लेखनीयरुपमा सहभागिता देख्न सकिन्छ ।
पारिवारिक सुख शान्तिसहित मनोकामना पूरा हुने आशामा दर्शनार्थी विभिन्न धार्मिक शक्तीपीठमा पूजाआजासहित दर्शनका लागि आउने गर्छन । रासस (तस्वीर उपलब्ध छ)