Logo

कंकाली मन्दिरमा करिव पाँच सय राँगको बलि



राजविराज, सप्तरी, १४:  सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमी अवसरका ४९३ राँगको बलि दिइएको छ ।

हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । गत वर्ष ५०७ राँगाको बलि दिइएको थियो ।

आफ्नो मनोमामना पूरा भएपछि नेपाल र छिमेकी भारतबाट पनि बलिका लागि मानिसहरु यहाँ आउने गरेको पण्डित मृकुञ्जय झाले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot