Logo

नवनायिका एवम् निर्माती गौतमद्धारा श्री कुमारी माविलाई ३० हजार सहयोग प्रदान



धादिङ, १४ असोज । नवनायिका, चलचित्र निर्माती एवम् समाजसेवी एलिजा गौतम धमलाले धादिङको नीलकण्ठमा रहेको श्री कुमारी माविलाई ३० हजार सहयोग प्रदान गरेकी छिन्।

शुक्रबार साँझ दशैंको अवसर पारेर विद्यालयले एसईई परिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुको विदाईको लागि आयोजना गरेको विशेष कार्यक्रममा गौतमले उक्त रकम नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुँगानालाई हस्तान्तरण गरेकी हुन् ।

उनले आफू कुनै योजना बिना नै घर आएको बताउँदै विद्यार्थीहरुलाई केही राहत होस् भन्ने उद्देश्यले नै सकेको सहयोग गरेको स्पष्ट पारेकी थिईन् ।

कार्यक्रममा मेयर ढुँगानाले अब आफू पूर्ण रुपमा यहाँको नगरको विकासमा केन्द्रित भएर लागेको विश्वास दिलाए । उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बाटोघाटो, कच्ची सडकहरुलाई पिच गर्ने लगायतका विकासका महत्वपूर्ण काममा जुटिरहेको जनाएका थिए ।

उनले नीलकण्ठ नगरपालिकाका ९,१०,११ र १२ नम्बर वडालाई व्यवस्थित् विकास एवम् समृद्धिको खाका कोर्ने समेत विश्वास दिलाए ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले उक्त नगरपालिकाको विकासको लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । उनले सडक सञ्जालको तिव्र विस्तारको लागि सबैले जोड दिनुपर्ने भन्दै निर्वाचित जनप्रतिनिधिहरुको ध्यानकार्षण गराए । उनले आफू पनि यहाँको विकासको लागि दिन रात चिन्तित रहेको सुनाए ।

पछिल्लो समय रिपोर्टर्स क्लबमार्फत आफूले देशव्यापी रुपमा विकासको एजेण्डामा बढि केन्द्रित रहेर बहस तथा कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गर्दै धादिङको विकासको लागि पनि कुने कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot