Logo

सिमान्तकृत माझी समुदायलाई बास्तविक दशै मनाएको अनुभूति गराए नेता भण्डारीले



कौरव खत्री : गुल्मी १५ आश्विन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले बलिथुका बोटे माझीहरुको लागि घर निर्माण गरिदिने घोषणा गनुभएको छ ।

नेता भण्डारीले गुल्मी दरवार गाँउपालिका १ बलिथुममा रहेका बोटे माझीहरुलाई दशैको टिका लगाउन माझी बस्तीमा पुग्नु भएका नेता भण्डारीले दशैको उपहार स्वरुप सिमान्तकृत बोटे माझी र कुमाल बस्तीहरुको लागि ५० घर निर्माण गरिदिने बताउनु भएको छ ।

साथै नेता भण्डारीले आफ्नो बोटे माझी बस्तीका घरदैलोमा पुगेर दशै मनाउन आउदा माझीहरुको लागि दशै पात्रोमा मात्र आउने गरेको तर बास्तविक दशैको महत्व बुझेको र सबै मिलेर जना एक आपसमा मिलेर सुख दुख साटासाट गर्ने पर्वको अनुभूति भएको भन्दै माझी समुदायहरुमा धेरै परिवर्तन र विकासमा नेता भण्डारीले निरन्तर सहयोग गदै माझी समुदायलाई माथि उठाउन ठूलो सहयोग पुगेकोले आफूहरु निकै हर्षित भएको स्थानीय युवा होम बहादुर माझीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्