Logo

इङ्लिस प्रिमियर लिग : आर्सनल र बर्नले विजयी



काठमाडौं, १६ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएका खेलमा आर्सनल र बर्नले विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले ब्राईटनलाई २-० ले हरायो । आर्सनलका लागि अलेक्स ईओबी र नाचो मोन्रियालले एक/एक गोल गरे ।

यसैगरी बर्नले एभर्टनलाई उसैको मैदानमा १-० ले पराजित गर्‍यो । बर्नलेका लागि जेफ हेन्ड्रिकले निर्णायक गोल गरे । प्रिमियर लिग अन्तर्गत आइतबार राती नै भएको अर्को खेलमा न्युकासल युनाईटेडले लिभरपुललाई १-१ गोलको बराबरीमा राकेको छ ।

न्युकासलको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलका फिलिप कौटिन्होले पहिलो गोल गरे । तर घरेलु टोलीका जोसेलुले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्